१९ जना नानीबाबुको मृत्युले मर्माहत छु : ओली

१९ जना नानीबाबुको मृत्युले मर्माहत छु : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत २३ भदौको घटनामा आफूले गोली चलाउन आदेश नदिएको दोहोर्‍याएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै २३ भदौको घटनामा आफूले गोली चलाउन आदेश नदिएको दोहोर्‍याएका हुन् ।

ओलीले केहीदिनदेखि तत्कालीन प्रधानमन्त्रीको रुपमा आफूले नै गोली चलाउनेजस्ता आदेश दिएको भन्दै गलत प्रचार भईरहेको दाबी गरेका छन् ।

ओलीले लेखेका छन्, ‘केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ । मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ ।’