कोलम्बियामा यात्रुवाहक विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गयो

कोलम्बियामा यात्रुवाहक विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गयो



काठमाडौं । कोलम्बियाको उत्तरी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको ज्यान गएको छ । कोलम्बियाको सरकारी स्वामित्वको विमान सेवा कम्पनी साटेनाले दुर्घटनाको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साटेनाका अनुसार बीच क्राफ्ट १९०० मोडेलको विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

दुर्घटनाग्रस्त विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला परेको बीबीसीले जनाएको छ । विमानमा १३ जना यात्रु र २ जना चालक दलका सदस्य थिए । यात्रुहरूमा सांसद डिओजेनेस क्विन्टेरो अमाया र आगामी संसदीय चुनावका उम्मेदवार कार्लोस साल्सेडो पनि रहेको खबरमा उल्लेख छ ।