काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ देखि लागू हुने गरी रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
‘२०८२/११/१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने,’ निर्णय सुनाउँदै अर्यालले भने ।
तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी उनले गराएका छैनन् ।


प्रतिक्रिया