अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् ।

अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।

५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर जाँदा स्टेजबाट ओर्लिनेबेला लामिछानेको देब्रे खुट्टामा चोट लागेकाे थियाे ।

चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगेका थिए । परीक्षणको क्रममा उनलाई सेलुलाइटिस भएको पत्ता लागेकाे हाे ।