चुनावी अभियानमा सहभागी हुन अछाम पुगे बालेन

चुनावी अभियानमा सहभागी हुन अछाम पुगे बालेन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका छन् । आगामी निर्वाचनका लागि रास्वपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको समर्थनमा बालेन मंगलसेन पुगेका हुन् ।

मंगलसेनमा आयोजित कार्यक्रममा नेता शाहले उम्मेदवार भूपदेवसँगै स्थानीय मतदाताहरूसँग साक्षात्कार गरेका छन् ।

रास्वपाले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आफ्नो संगठन विस्तार र चुनावी प्रचारलाई तीव्र बनाइरहेको सन्दर्भमा वरिष्ठ नेताहरूको यो दौडधुपले कार्यकर्तामा थप उत्साह थपेको छ ।

यसैबीच, बालेनको चुनावी प्रचारमा अछाम गएका नुवाकोटका ४४ वर्षीय दिनेश सिटौला बेहोस भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

शुक्रबार बिहान बेहोस भएपछि सिटौलालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको बालेनका सल्लाहकार कुमार बेनले जानकारी दिए ।