नेकपा एक नम्बर पार्टी बन्न सक्ने प्रचण्डको विश्लेषण

नेकपा एक नम्बर पार्टी बन्न सक्ने प्रचण्डको विश्लेषण



काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा अघि सारिएका भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायसम्बन्धी पहलहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् ।

रुकुम पूर्व-काठमाडौँ सम्पर्क कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक विभेद अन्त्य र समानतामूलक समाज निर्माणका उद्देश्यले थालिएका अभियानहरू निरन्तरताको अभावका कारण अधुरा रहेको उल्लेख गरेका हुन् ।

उनका अनुसार विकासको वैकल्पिक र दिगो ढाँचा स्थापित गर्न नसकिएमा राजनीतिक संघर्ष, सहिद तथा क्रान्तिकारीहरूको लक्ष्य पूरा नहुने जोखिम रहन्छ । त्यसका लागि समुदाय केन्द्रित समाजवादी अभ्यास आवश्यक रहेको उनले बताए ।

दाहालले विभिन्न जिल्ला तथा क्षेत्रबाट उम्मेदवारीका लागि सिफारिस प्राप्त भए तापनि वर्तमान राजनीतिक अवस्था, पार्टीको रणनीतिक आवश्यकता र आन्दोलनको दिशालाई ध्यानमा राखी पूर्वी रुकुमलाई प्राथमिकता दिएको स्पष्ट पारे ।

उनले आगामी निर्वाचन स्वच्छ, पारदर्शी र हस्तक्षेपविहीन रूपमा सम्पन्न भएमा आफ्नो पार्टी राष्ट्रिय राजनीतिमा अग्रणी शक्ति बन्न सक्ने सम्भावना रहेको धारणा व्यक्त गरेका छन् ।