काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमको भ्रमण सकाएर कर्णाली प्रदेशतर्फ लागेका छन् ।
शुक्रबार बिहान बालेन रास्वपा अछाम–२ का उमेदवार भूपदेव शाहको गाउँमा पुगेका थिए । त्यहाँ पार्टीका नेता–कार्यकर्तासित भेटघाटपछि उनी कर्णाली प्रदेशतर्फ लागेका हुन् । उनी यति बेला कालीकोटतर्फ गइरहेका बालेनका सल्लाहकार कुमार व्यञ्जनकारले जानकारी दिए ।
व्यञ्जनकारका अनुसार, बालेन कालीकोटको मान्मा पुग्नेछन् । त्यसपछि दैलेख हुँदै सुर्खेतसम्मको भ्रमण गर्ने कार्यक्रम तय छ ।
बालेन यसअघि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरासम्म पुगेका थिए ।


प्रतिक्रिया