कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप

कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप



काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्ट एकताबाट आफूहरू नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर ‘प्रचण्ड’लगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए ।

माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए । ‘प्रचण्ड’ले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा ‘विप्लव’ले विचलनकारीहरूले एकताको अपिल गरेको नसुहाउने धारणा राखे। उनले जनतासँग सम्पूर्ण रूपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे ।

माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफूहरू सहभागी नहुने उनले स्पष्ट पारे । उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य विचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।