काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिएका छन् । सबै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै उनले वित्तीय नियममा सुधार गर्न वा सङ्गठनको वित्तीय पतनको सामना गर्न आग्रह गरेको अल जजिराले जनाएको छ ।
गुटेरेसले आउँदो जुलाईसम्ममा राष्ट्रसङ्घको नगद भण्डारण समाप्त हुन सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय निकायका लागि आर्थिक सहयोग कटौती गर्न थालेपछि यो अपिल आएको हो । संयुक्त राष्ट्रसङ्घको मुख्य बजेटमा २२ प्रतिशत योगदान गर्दै आएको अमेरिकाले कटौती गर्न थालेको छ ।
गुटेरेसका अनुसार सन् २०२५ को अन्त्यमा सदस्य राष्ट्रहरूले एक अर्ब ५७ करोड अमेरिकी डलर भुक्तानी बाँकी छ । आर्थिक दबाब बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घले सन् २०२६ का लागि तीन अर्ब ४५ करोड डलरको बजेट स्वीकृत गरेको छ जुन गएको वर्षभन्दा ७ प्रतिशत कम हो ।


प्रतिक्रिया