काठमाडौं । बंगलादलेशमा भएको संसदीय निर्वाचनमा बंगलादेशकी चर्चित उम्मेदवार तास्निम जारा पराजित भएकी छन् ।
सामाजिक संजाल फेसबुकमा ७५ लाख फलोअर्स भएकी जाराले चुनावमा तेस्रो स्थानमा रहिन् ।
बंगलादेशका अखबारहरूका अनुसार भकुन्डो चुनाव चिह्न लिएर उठेकी जाराले बंगलादेशको राजधानी ढाका क्षेत्र नम्बर ९ बाट ४४ हजार ६ सय ८४ मत प्राप्त गरिन् ।
विजय भएका बंगलादेश नेसनालिस्ट पार्टीका हाबिबुर रसिदले १ लाख ११ हजार २ सय १२ मत ल्याएका छन् ।उनको चुनाव चिह्न धानको बाला थियो ।
जारालाई बलियो उम्मेदवारको रूपमा चर्चा गरिएको थियो । पेशाले चिकित्सक ३१ वर्ष उमेरकी उनी बंगलादेशको विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ हुन् ।


प्रतिक्रिया