काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबाट ध्वस्त भएको गाजाको पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर दिने घोषणा गरेका छन् ।
उनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलका रूपमा हजारौँ सुरक्षाकर्मीहरू पठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
ट्रम्पका अनुसार यी प्रतिबद्धताहरूको औपचारिक घोषणा बिहीबार वासिंगटनमा हुने शान्ति बोर्डको पहिलो बैठकबाट गरिनेछ ।ट्रम्पले सामाजिक सञ्जालमार्फत यी प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् ।
उनले भने, “शान्ति बोर्ड इतिहासकै सबैभन्दा प्रभावशाली अन्तर्राष्ट्रिय निकाय साबित हुनेछ । यसको अध्यक्षता गर्न पाउनु मेरा लागि सम्मानको कुरा हो ।”


प्रतिक्रिया