काठमाडौं । इरानले बिहीबार रुससँग वार्षिक सैन्य युद्धाभ्यास गरेको छ ।
यो युद्धाभ्यास अमेरिकी विमानवाहक पोत पश्चिम एसियानजिक पुगेको समयमा भएको हो ।
अमेरिका र इरान दुवैले तेहरानको परमाणु कार्यक्रममाथिको वार्ता विफल भए उनीहरू युद्धका लागि तयार छन् भन्ने संकेत दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानसँग सम्झौताको आशा गरिरहेको बताएका छन् ।
इरानले अमेरिका र इजरायली मागमाथि छलफल गर्न अस्वीकार गरेको छ । अमेरिका र इजरायलको माग इरानले आफ्नो मिसाइल कार्यक्रममा कटौती गरोस् र सशस्त्र समूहहरूसँगको आफ्नो सम्बन्ध तोडोस् भन्ने छ ।
हालैका हप्ताहरूमा भएका अप्रत्यक्ष वार्ताहरूमा कुनै खास प्रगति हुन सकेको छैन ।


प्रतिक्रिया