काठमाडौं । इजरायलसँगको युद्धको पहिलो १५ महिनामा गाजामा ज्यान गुमाउनेको सङ्ख्या रिपोर्ट गरिएकोभन्दा धेरै रहेको अध्ययनले देखाएको छ ।
इजरायलले गाजामा गरेको सैन्य आक्रमणको पहिलो १५ महिनामा ७५ हजारभन्दा धेरै प्यालेस्टिनी मारिएका मेडिकल जर्नल ‘द ल्यान्सेट’ को अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
तर स्थानीय स्वास्थ्य अधिकारीहरूले भने यो सङ्ख्या ४९ हजार रहेको बताएका थिए ।
अध्ययनले युद्धको पहिलो १५ महिनामा गाजामा भएका हिंसात्मक मृत्युहरूमा महिला, बालबालिका र वृद्धवृद्धाहरू ५६ दशमलव २ प्रतिशत रहेका देखाएको छ ।
यो तथ्याङ्क गाजाको स्वास्थ्य मन्त्रालयको रिपोर्टिङसँग झन्डै मिल्दोजुल्दो रहेको खबरमा उल्लेख छ ।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी सैन्य कारबाही शुरू गरेको थियो ।
इजरायली आक्रमणका कारण अहिलेसम्म ७२ हजारभन्दा धेरै मारिएका गाजाका स्वास्थ्य अधिकारीहरूले बताउका छन् । यो तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मान्दै आएको छ ।
इजरायलले मन्त्रालयमा हमासको नियन्त्रण रहेको उल्लेख गर्दै ती तथ्याङ्कमाथि प्रश्न उठाएको छ । यद्यपि एक वरिष्ठ सैन्य अधिकारीले गएको महिना इजरायली सञ्चारमाध्यमलाई तथ्याङ्कहरू सही भएको बताएका थिए ।


प्रतिक्रिया