काठमाडौं । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको मृत्यु भएपछि इरानी सेनाले ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको चेतावनी दिएको छ । आफ्नै कार्यालयमा खामेनीईको मृत्यु भएको इरानी सरकारी टीभीले जनाएको छ ।
विगत ३७ वर्षदेखि देशको बागडोर सम्हालिरहेका कट्टरपन्थी धर्मगुरुको निधनमा देशले ४० दिनको शोक घोषणा गरेको छ । इस्लामिक रिभोलुसनरी गार्ड (कर्प्स)ले यसको प्रतिक्रियास्वरूप अमेरिकी सैन्य अड्डा र इजरायलमाथि विनाशकारी आक्रमण गर्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीई इतिहासकै सबैभन्दा ‘दुष्ट व्यक्ति’मध्ये एक भएको र उनको मृत्युले इरानी जनतालाई आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर प्रदान गरेको बताएका छन् ।
रेड क्रिसेन्टका अनुसार, आक्रमणका क्रममा २०० भन्दा बढी मानिस मारिएका छन् । सीबीएस न्युजले करिब ४० इरानी अधिकारीको मृत्यु भएको जनाएको छ ।
इरानले मध्यपूर्वभरि अमेरिकी सहयोगी र अमेरिकाका सैन्य अखडा रहेका स्थानमा आक्रमण सुरु गरेको छ । त्यसमा यूएई, कतार, बहराइन, कुवेत, ओमान, जोर्डन, इराक सामेल छन् ।


प्रतिक्रिया