मस्कन । ओमानमा एउटा तेल ट्यांकरमाथि आक्रमण भएको ओमानको समुद्री सुरक्षा केन्द्रले आइतबार जनाएको छ । मसन्दाम तटबाट करिब पाँच समुद्री माइल टाढा तेल ट्यांकरमाथि आक्रमण भएको सुरक्षा केन्द्रले जनाएको छ ।
उक्त घटनामा ४ जना घाइते भएका छन् भने २० सदस्यीय चालक दललाई सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ । स्काइलाइट नामक जहाज पश्चिम प्रशान्त क्षेत्रको टापु राष्ट्र पलाउको झन्डामुनि सञ्चालनमा रहेको थियो ।
समुद्री सुरक्षा केन्द्रका अनुसार उद्धार कार्य ओमानी नौसेना र सैनिक बलले गरेका हुन् । यसले समुद्रमा हुने घटनासँग जुध्न राष्ट्रिय तयारीलाई प्रतिबिम्बित गरिएको बताइएको छ ।
इरान र अमेरिकाबिच नयाँ आणविक सम्झौता गर्ने उद्देश्यले हालै भएका वार्तामा ओमानले महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेलेको थियो ।


प्रतिक्रिया