इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु

इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु



काठमाडौं । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बेरुत र दक्षिणी लेबनानमा आक्रमण गरेको छ ।

मन्त्रालयका अनुसार आक्रमणमा ३१ जनाको मृत्यु भएको अन्य १४९ जना घाइते भएका छन् ।

एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार मृत्यु हुनेको संख्या प्रारम्भिक रहेको भनिएको छ ।

यसअघि, इजरायलले लेबनानका ५० भन्दा बढी शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको थियो ।

यसैबीच, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हेजबुल्लाहबाट भएको प्रक्षेपणको जवाफमा लेबनानमा रहेका लक्षित लक्षित आक्रमण गरिरहेको बताएको छ ।