काठमाडौं । इरान युद्धमा थप आक्रमणको आदेश दिनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक्ने गरी ल्याइएको सङ्कल्प प्रस्ताव अमेरिकी सिनेटले अस्वीकृत गरेको छ ।
माथिल्लो सदन सिनेटमा युद्ध रोक्नुपर्ने सङ्कल्प प्रस्तावका पक्षमा ४७ र विपक्षमा ५३ मत परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेमोक्रेटिक पार्टीका सिनेटरहरूले ल्याएको यस प्रस्तावमा केन्टुच्कीका रिपब्लिकन सिनेटर रान्ड पाउलले पनि समर्थन गरेका छन् । तर अन्य रिपब्लिकनहरूले साथ दिएनन् ।
पेन्सिलभेनियाका डेमोक्रेटिक जोन फिटरम्यान ट्रम्पको पक्षमा मतदान गरे । कंग्रेसबाट स्वीकृति नलिई आक्रमणको आदेश दिएको भन्दै ट्रम्पविरुद्ध डेमोक्रेटिक सांसदहरूले सङ्कल्प प्रस्ताव ल्याएका थिए । तर असफल भयो । यस सङ्कल्प प्रस्तावबारे अमेरिकाको तल्लो सदनमा आज मतदान हुँदैछ ।
डेमोक्रेटिक पार्टीले कंग्रेसको स्वीकृतिविना नै ट्रम्पले युद्ध शुरू गरेको भन्दै आपत्ति जनाउँदै आएको छ ।


प्रतिक्रिया