शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी



काठमाडौं । इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेको जनाएको छ ।

अलजजिराका अनुसार तेहरानका उच्च अधिकारीहरूले हालको परिस्थितिमा अमेरिकाले दबाब सिर्जना गरेर वार्ता थोपर्न खोजिरहेको आरोप लगाएका छन् । उनीहरूले सैन्य आक्रमण र धम्की जारी रहँदासम्म कुनै पनि प्रकारको वार्तामा बस्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

इरानी नेतृत्वले यदि अमेरिकाले आफ्नो आक्रमण जारी राखे इरानले ‘शक्तिशाली र उन्नत मिसाइल’ प्रयोग गरेर जवाफी कारबाही गर्ने चेतावनी दिएको बताइएको छ। उनीहरूले इरान आफ्नो सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न सक्षम रहेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समय इरानसँग सम्भावित वार्ताको संकेत दिएका थिए । तर इरानका अधिकारीहरूले सैन्य दबाबसँगै वार्ता प्रस्ताव गर्नु स्वीकार्य नहुने बताएका छन् ।

इरानका विदेश उपमन्त्री काजिम घारिबाबादीले अमेरिकासँग वार्तामा बस्ने कुनै कोठा अहिले नरहेको प्रतिक्रिया दिएका छन् ।