कञ्चनपुर । कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको हो ।
महेन्द्रनगरबाट पूर्वतर्फ आइरहेको से १ च १४०५ नम्बरको जिप र विपरीत दिशातर्फ गइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया