स्ट्रेट अफ हर्मुज खुलाउन ट्रम्पले खोजे चीनको साथ

स्ट्रेट अफ हर्मुज खुलाउन ट्रम्पले खोजे चीनको साथ



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले स्ट्रेट अफ हर्मुज खुलाउन सहयोग गर्ने अपेक्षा गरेको बताएका छन् । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा उनले चीनले स्ट्रेट अफ हर्मुजबाट करिब ९० प्रतिशत तेल प्राप्त गर्ने भएकाले समस्या समाधानमा सक्रिय हुनुपर्ने बताए ।

ट्रम्पले यस विषयमा महिनाको अन्त्यतिर बेइजिङमा हुने भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने योजना रहेको पनि बताएका छन् । तर, उनले बैठकअघि नै चीनबाट ठोस कदम देख्न चाहेको उल्लेख गरे ।

उनका अनुसार आवश्यक परे उक्त भेटघाट केही समयका लागि स्थगित हुन सक्ने सम्भावना पनि छ, तर यसबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।