काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच भारतले होर्मुज जलडमरू नजिक आफ्नो दुईवटा युद्धपोत तैनाथ गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय नौसेनाका यी टास्क फोर्स जहाजहरूले तेल र ग्यास बोकेर भारततर्फ आउने व्यापारिक जहाज तथा ट्यांकरहरूको सुरक्षा गर्नेछन् ।
आवश्यक परेमा ती जहाजहरूलाई अन्य सहयोग पनि प्रदान गरिने बताइएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व र होर्मुज जलडमरू क्षेत्रमा बढ्दो जोखिमलाई ध्यानमा राख्दै भारतले आफ्नो ऊर्जा आपूर्ति मार्ग तथा समुद्री व्यापार सुरक्षामा विशेष सतर्कता अपनाएको छ ।


प्रतिक्रिया