पोखरा । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि पोखरामा पनि आधा सिलिन्डर (आधा ग्यास) बिक्री गर्न थालिएको छ ।
आपूर्ति घट्दै जाँदा उपभोक्तालाई केही राहत दिन आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालिएको हो । पोखराका विभिन्न स्थानमा आधा सिलिन्डर लिनेहरुको भिड नै लागेको छ ।
पछिल्लो समय पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा असर परेको र त्यसको प्रभाव नेपालमा समेत देखिन थालेको बताइएको छ ।
काठमाडौं उपत्यकामा पनि आधा सिलिन्डर बिक्री वितरण भइरहेको छ ।


प्रतिक्रिया