काेलम्बाे । अन्तर्राष्ट्रिय मुद्रा कोषका एक वरिष्ठ अधिकारीले श्रीलंकाको अर्थतन्त्र हाल स्थिर रहेको भए पनि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण व्यापार, वैदेशिक रोजगारबाट आउने रकम (रेमिट्यान्स) र पर्यटन क्षेत्रमा असर पर्न सक्ने बताएकी छन् ।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै कोष अन्तर्गतको सञ्चार विभागकी निर्देशक जुली कोज्याकले श्रीलंकाको सुधार कार्यक्रमले चक्रवात डिटवाहको प्रभावका बाबजुद उल्लेखनीय प्रगति गरेको बताइन् ।
उनका अनुसार सन् २०२५ मा श्रीलंकाको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२६ को फेब्रुअरीमा मुद्रास्फीति करिब १.६ प्रतिशत रहेको छ।साथै, देशको ऋण पुनर्संरचना लगभग पूरा भइसकेको र वैदेशिक मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको उनले जानकारी दिइन् ।
उनले आगामी मार्च १२ देखि चैत २६ सम्म एक टोली श्रीलंकाको भ्रमणमा जाने र आर्थिक नीतिबारे छलफल गर्ने बताइन् । उक्त भ्रमणको उद्देश्य विस्तारित कोष सुविधा कार्यक्रम अन्तर्गत पाँचौँ र छैटौँ समीक्षा पूरा गर्नु रहेको छ।
साथै, उक्त टोलीले श्रीलंकाली अधिकारीहरूसँग भेटघाट गरी मध्यपूर्व द्वन्द्वको सम्भावित आर्थिक प्रभावबारे थप जानकारी लिने र भविष्यमा सहयोग कसरी जारी राख्ने भन्ने विषयमा अद्यावधिक मूल्याङ्कन प्रस्तुत गर्ने बताइएको छ।


प्रतिक्रिया