सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही जिल्लामा ट्याङ्गसहित वर्षा

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही जिल्लामा ट्याङ्गसहित वर्षा



काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।

काठमाडौं उपत्याकामा पनि हल्का पानी परिरहेकाे छ । यस्तै हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके, कपिलवस्तुलगायतका जिल्लामा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो एक घण्टामा सबैभन्दा धेरै दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै रुपन्देहीमा पनि दिउँसोपछि मौसम बदली भएको छ ।

आज लुम्बिनी, मधेश प्रदेश र कोशीको तराई भागमा हावाहुरी झन्डै ५०/६० किलोमिटर प्रतिघण्टाको दरले चल्ने सम्भावना छ ।

यसबाट रुख ढल्ने, कमजोर संरचना र घरका छाना उडाउने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।