राष्ट्रसङ्घद्वारा अमेरिका र इजरायललाई कडा चेतावनी : द्वन्द्व तत्कालै अन्त्य गर्न आग्रह

राष्ट्रसङ्घद्वारा अमेरिका र इजरायललाई कडा चेतावनी : द्वन्द्व तत्कालै अन्त्य गर्न आग्रह



काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनीसहित मध्यपूर्वको द्वन्द्व तत्कालै अन्त्य गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा गुटेरेसले सन्देशमार्फत अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको उल्लेख गरेका छन् ।

युद्वले विश्वव्यापी अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्दै कम विकसित देशहरूका लागि दुःखद परिणाम निम्त्याइरहेको उनको भनाइ छ । यसैगरी गुटेरेसले इरानलाई आफ्ना छिमेकी देशमाथिको आक्रमण गर्न बन्द गर्न आह्वान गरेका छन् ।

सुरक्षा परिषद्ले यी आक्रमणहरूको निन्दा गर्दै तत्काल रोक्न आदेश दिएको छ । होर्मुजको जलमार्ग लामो समयसम्म बन्द हुँदा विश्वभरका मानिसका लागि ठूलो पीडा हुने बताउदै परिषद्ले यसको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । स्ट्रेट अफ होर्मुज खोल्न परिषद्को आदेश छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकाको ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए)ले गएको फेब्रुअरी २८ तारिखमा युद्ध शुरू भएयता इरानमा ज्यान गुमाउनेको सङ्ख्या २ हजार १ सय ८६ पुगेको जनाएको छ ।