कतारकाे सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त, छ जनाको मृत्यु

कतारकाे सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त, छ जनाको मृत्यु



काठमाडौं । कतारकाे सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त हुँदा छ जनाको मृत्यु भएको छ । कतारको रक्षा मन्त्रालयले हेलिकाेप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

कतारले हेलिकाेप्टर नियमित ड्युटीमा रहेको र प्राविधिक गडबडी भएको बताएको छ ।

कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘खोज अभियानमा सात जनामध्ये छ जना फेला परेका छन् ।’

मन्त्रालयले कतारी सशस्त्र बलका हिस्सा रहेका क्याप्टेन सईद नासिर सामेखको खोजी अझै जारी रहेको बताएको छ ।