काठमाडाैं । हिजबुल्लाहले सोमबार २४ घण्टाको समय अवधिमा इजरायली सैन्य केन्द्रहरूलाई लक्षित गरी ६३ वटा सैन्य कारबाही गरेको इरानी मिडियाले बताएका छन् ।
हिजबुल्लाहले जारी गरेको विज्ञप्तीलाई उद्धृत गर्दै मिडियाले लेबनानी क्षेत्र र जनताको रक्षा गर्न र इजरायली आक्रमणहरूको प्रतिक्रियाका रूपमा अपरेसनहरू सुरु गरिएको बताएको छ ।
अपरेसनमा रकेट र ड्रोन आक्रमण समावेश रहेको बताइएको छ भने लक्ष्यहरू मुख्यतया इजरायली सैन्य केन्द्र, सवारी साधन र सीमा क्षेत्रहरूमा रहेका सैन्य तैनाती केन्द्रहरूमा केन्द्रित छन् ।
उत्तरी सहर मालोट–तर्सिहाको एक घरमा हिजबुल्लाहले रकेट प्रहार गर्दा पाँच जना घाइते भएको टाइम्स अफ इजरायलले रिपोर्ट गरेकाे छ । हिजबुल्लाहले शनिबार उत्तरी इजरायलमा रकेट प्रहार गरी धेरै भवन र पूर्वाधारलाई क्षति पुगेको बताइएको छ ।
हिजबुल्लाहले देशको दक्षिण क्षेत्रमामा हतियार ओसार्न प्रयोग गरेको आरोपमा लेबनानको लिटानी नदीमा रहेको पुललाई इजरायली वायुसेनाले आइतबार धस्त पारेको टाइम्स अफ इजरायलले जनाएको छ ।
लिटानीको कासमिया ब्रिजमा भएको आक्रमणले बेरुतबाट आक्रोशको सामना गर्नु परेको थियो, जसले यो कदमलाई खतरनाक भन्दै चेतावनी दिएको छ भने लेबनानमा इजरायललाई आक्रमण गर्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न अनुरोध समेत गरेको छ ।
टाइम्स अफ इजरायलका अनुसार कास्मिया पुल मार्च २ देखि इजरायलको हाक्रमणमा परेको पाँचौँ पुल हो ।


प्रतिक्रिया