काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इरानसमर्थित उग्रवादी संगठनले इराकमा रहेका अमेरिकी नागरिक र अमेरिकासँग जोडिएका अखडाहरूमा भीषण आक्रमण गरिरहेको बताएको छ । मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल इराक छाड्नसमेत निर्देशन दिएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा साझा गरिएको एक विज्ञप्तिमा भनिएको छ, “इराकमा इरानसमर्थित उग्रवादीहरूले इराकी कुर्दिस्तान क्षेत्रसहितका स्थानमा अमेरिकी नागरिक र अमेरिकासँग जोडिएका लक्ष्यहरूमा व्यापक हमला गरेका छन् । अमेरिकी नागरिकहरू तुरुन्तै इराक छाड्नुहोस् । इराकमा रहेको अमेरिकी मिसन नागरिकको सहायताका लागि खुला छ ।”
विज्ञप्तिमा हालका सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बग्दादस्थित अमेरिकी दूतावास वा एरबिलस्थित वाणिज्य दूतावास जाने कोसिस नगर्न पनि भनिएको छ । यसको कारण, इराकी हवाई क्षेत्रमा मिसाइल, ड्रोन र रकेट हमलाको खतरा कायमै रहेको बताइएको छ ।
भिसा सेवासहितका सबै नियमित कन्सुलर सेवाहरू हालका लागि निलम्बन गरिएको छ । आपत्कालीन अवस्थामा अमेरिकी नागरिकहरूलाई सम्बन्धित इमेलमार्फत सम्पर्क गर्न सल्लाह दिइएको छ ।


प्रतिक्रिया