काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई सर्वोच्च नेता बन्न प्रस्ताव गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘मलाई इरानको सर्वोच्च नेता बन्ने प्रस्ताव गरेको थियो । तर, मलाई यसमा कुनै रहर छैन ।’
उनले इरान युद्धमा अमेरिकाले जित हासिल गरिरहेको र इरानमाथि दबाब बढिरहेको समेत दाबी गरेका छन् । उनले इरानी नेताहरू सम्झौता गर्न चाहेको तर डरका कारण खुलेर भन्न नसकेको बताएका छन् ।
उता, इरानी नेताहरूले भने ट्रम्पका दाबी खारेज गर्दै कुनै छलफल नभएको बताएका छन् । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिका–इजरायलले इरानभित्र स्थल हमला गरेमा ठूलो नोक्सानी भोग्नुपर्ने चेतावनी दिएको छ ।
आईआरजीसीले अमेरिका र इजरायली जनतालाई ट्रम्प र नेतान्याहुको भनाइमा लागेर आफ्नो सन्तान नर्कमा नपठाउनसमेत आग्रह गरेको छ ।


प्रतिक्रिया