काठमाडौं । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले इरान युद्धले संसारको अर्थव्यवस्थामा संकट ल्याएको बताएका छन् । उनले यो युद्धको असर अब स्पष्ट रूपमा पूरै संसारमा देखिन थालेको समेत उल्लेख गरेका छन् ।
अस्ट्रेलियाको संसदमा कुराकानीका क्रममा उनले यो युद्ध सुरुदेखि नै गलत दिशामा गइरहेको टिप्पणी गर्दै यसले विश्वको अर्थतन्त्रमा नोक्सान पुगेको बताएका हुन् । उनले जर्मनी यो युद्धको हिस्सा नभएको भन्दै यसमा आफ्नो देश सामेल नहुने समेत स्पष्ट पारेका छन् ।
पिस्टोरियसले जर्मनीलाई यो युद्धबारे कुनै जानकारी नदिएको र यसबारे कुनै सल्लाहसमेत नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘यो जर्मनीको युद्ध होइन र हामी यसमा फस्न चाहँदैनौंँ ।’ उनले अमेरिका र इरानलाई जति सक्दो छिटो युद्ध रोकेर वार्ताको बाटोमा फर्किनसमेत अपिल गरेका छन् ।


प्रतिक्रिया