अमेरिकाले नाकाबन्दी लगाए खाडी देशका बन्दरगाह सुरक्षित नरहने इरानको चेतावनी

अमेरिकाले नाकाबन्दी लगाए खाडी देशका बन्दरगाह सुरक्षित नरहने इरानको चेतावनी



काठमाडौं । ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग भएर इरानी बन्दगाहमा जाने र त्यहाँबाट फर्किने जहाजहरूमा नाकाबन्दी लगाउने अमेरिकाको घोषणलाई इरानले गैरकानूनी भनेको छ ।

अमेरिकाले हर्मुजमा नाकाबन्दी लगाए खाडी र ओमान सागरमा कुनै पनि बन्दरगाह सुरक्षित नरहने इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोप्र्स (आईआरजीसी) ले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यो नाकाबन्दी नेपाली समयाअनुसार आज राति पौने ८ बजेदेखि शुरू हुनेछ । यद्यपि हर्मुज जलमार्ग हुँदै अन्य देशबाट आवतजावत गर्ने पानीजहाजहरूलाई भने बाधा नपर्ने खबरमा उल्लेख छ ।

अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएपछि ट्रम्पले आजदेखि लागू हुने गरी इरानमाथि नाकाबन्दी लगाउने घोषणा गर्नुभएको हो । अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण शुरू गरेपछि इरानले अनुमतिमा मात्र हर्मुज जलमार्ग प्रयोग गर्न दिइरहेको छ ।

अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने सङ्केत देखिएको छ जसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।