बर्दिवास नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

बर्दिवास नगरपालिका-९ का वडाध्यक्ष पक्राउ


ग्लोब नेपाल
0
Shares

गौशाला । महोत्तरीको बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास–९ र वडा नं. ६ का स्थानीयवासीले दिएको निवेदनका आधारमा उहाँविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

प्रहरीले अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने जनाएको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा करिब एक महिनाअघि नै पक्राउ पुर्जी जारी भए पनि उहाँ पक्राउ पर्न नसकेपछि प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको थियो।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले फरार सूचीमा रहनुभएका वडाध्यक्ष महतोलाई खोजी गर्ने क्रममा बिहीबार बर्दिवास क्षेत्रबाट पक्राउ गरिएको बताउनुभयो। यस घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरणपछि सार्वजनिक गरिने डीएसपी तिमिल्सिनाले जानकारी दिए ।