धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्ने क्रममा नदीले बगाउँदा सोही वडाका ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमलाको ज्यान गएको हो । दुबै जनाको शव गोदावरीस्थित आर्यघाट नजिक फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।
प्रहरीका अनुसार च्याउ टिप्न भनेर बिहानै घरबाट निस्केका उनीहरुलाई खोला तर्ने क्रममा खोलाको बाढीले बगाएको थियो । चुरे क्षेत्रमा भएको वर्षाले गोदावरी नदीमा बाढी आएको जनाइएको छ ।


प्रतिक्रिया