काठमाडौं । १५ र ११ वर्षीया बालिकाहरूलाई करणी गरेको अभियोगमा रोल्पा, थवाङ गाउँपालिका–४ थर्पु बस्ने ५५ वर्षीय धनप्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाहरूले करणी गरेको उजुरी दिएपछि पुनलाई इलाका प्रहरी कार्यालय उवाबाटका प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, तुलसीपुर उपमहानगरपालिका–१३ बस्ने २२ वर्षीय चुडामणी डाँगीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डाँगीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया