कञ्चनपुरबाट पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुरबाट पत्रकार खेम भण्डारी पक्राउ


ग्लोब नेपाल
81
Shares

धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो। उक्त मुद्दामा अदालतले एक महिना ७ दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो।

डीएसपी राउतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।