काठमाडौँ । ललितपुरमा सार्वजनिक स्थानमा अश्लील गतिविधि गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भट्टविरुद्ध सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शन गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप अनुमति लिइएको हो ।
रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय भट्टलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।


प्रतिक्रिया