राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुल्यो

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुल्यो


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुलेको छ ।

आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुका २५ वर्षीय गणेश नेपाली हुन् । उनले आफ्नो मोटरसाइकलमा काठमाडौँ नगर प्रहरीले ह्वील लक लगाइदिएपछि आत्मदाह प्रयास गरेको बुझिएको छ ।

नेपालीले राहदानी विभागको ३ नम्बर गेटमा आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । मोटरसाइकल नियमविपरित पार्किङ गरेको भेटिएपछि नगर प्रहरीले ह्वील लक लगाएको थियो ।

आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका उनको वीर अस्पतालमा उपचार जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।