काठमाडौँ । काठमाडौ उपत्यकाको भक्तपुर ताथली स्थित इन्जिनियरिङ कलेजको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा इन्जिनियर डा. खेमराज जोशी नियूक्त भएका छन ।
साँढे दुई दशक देखी विविध बिधाका इन्जिनियर उत्पादन गर्दै आएको कलेजले इन्जिनियर काउन्सिलका पूर्व रजिष्टार जोशी नियुक्त भएका हुन् । कलेजका प्रयोशशाला , पूर्वाधार र शिक्षण पद्धतिमै व्यापक सुधार र हेरफेर गरिरहेको सन्दर्भमा उच्च प्राज्ञिक टिम निर्माणकै सिलसिलामा नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार जोशीलाई नियुक्त गरेको छ ।
पोखरा विश्वविद्यालय अन्तगर्त हिष्ट कलेज सहित हाइड्रोपावर र अन्य महत्वपूर्ण पूर्वाधारहरुको निर्माण र सहित प्राध्यापनमा डा. जोशिको उलेख्य अनुभव रहेको छ ।
नयाँ सत्रदेखी कलेजका प्रयोगशालालाई प्रविधिक शंकाय लगायतका पछिल्ला प्रबिधिगत सुबिधाहरुलाई अतिरिक्त शिक्षणका रुपमा बिध्यार्धिहरुलाई उपलब्ध गराउने उध्यश्यले प्रयोगशाला र खेलकुदका पूर्वाधारमा समेत भारी लगानीको योजना कलेजले बनाएको कलेजका प्रिन्सिपल ई.दिपेन्द्र जम्कट्टेलले जानकारी दिए ।
त्रिबि अन्तरगतका सिभिल ९६ , कम्यूटर ४८ र इलोक्ट्रोनिक्स ईन्निनियरिङ मा ४८ भर्ना सिटमा त्रि.बि. क्यालेन्डर अनुसार कलेजले भर्ना लिने ई जम्कट्टेलले बताए ।
पछिल्लो दुईबर्ष कलेजले नयाँ प्रबिधिलाई आत्मसाथ गर्दै प्रयोगशालाहरु थप गर्नुका साथै गुणस्तरिय र अनुभवि टिचिङ फ्याकुल्टी निर्माण गर्दै कलेजको नाम सहित व्यस्थापकिय नेतृत्वमा व्यापक हेरफेर गरिरहेको विभागिय प्रमुख इं रुपेश यादवले जानकारी दिए ।


प्रतिक्रिया