डडेल्धुरामा बलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरामा बलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु


ग्लोब नेपाल
0
Shares

धनगढी । डडेलधुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाका अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान भएको बोलेरो दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। 

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ः०० बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो । स्थानीयले सो बारेमा जानकारी दिए लगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।

घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्‍याइएको थियो भने उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने बाँकी तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।