काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका अन्तर्गत ट्याङ्लाफाँट क्षेत्रमा गुडिरहेको एक निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन नसक्दा उनी गाडीभित्रै जलेको अवस्थामा फेला परेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार आगलागीका कारण चालकले आफूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नसकेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
प्रहरीले कारमा आगलागी हुनुको कारण हालसम्म खुल्न नसकेको जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया