सिरहाको गोलबजारमा दुई घण्टा कर्फ्यु खुकुलो

सिरहाको गोलबजारमा दुई घण्टा कर्फ्यु खुकुलो


ग्लोब नेपाल
351
Shares

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोल बजार नगरपालिकाको बजार क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश आज दुई घण्टाका लागि खुकुलो बनाएको छ।

सुरक्षा अवस्थाको विश्लेषण तथा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु खुकुलो पारिएको प्रशासन कार्यालयले जनाएको छ ।

सूचना अनुसार गोल बजार क्षेत्र भई सञ्चालन हुने लामो दूरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई अनुरोध गरिएको छ।

यसैबीच, कर्फ्यु खुकुलो पारिएको समयमा पनि सुरक्षा संवेदनशीलतातर्फ ध्यान दिँदै पाँच जना भन्दा बढीको समूहमा भेला वा जम्मा नहुन प्रशासनले सर्वसाधारणलाई सूचित गरेको छ।