रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका–६ इरीवाङ आसपास सोमबार बिहान ४.४ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का रोल्पासँगै पश्चिम रुकुमका विभिन्न क्षेत्रमा पनि महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु इरीवाङ आसपास रहेको थियो । भूकम्पपछि स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए ।
पश्चिम रुकुमको मुसिकोट र खलंगालगायत क्षेत्रमा पनि कम्पन महसुस भएको स्थानीयले बताएका छन् । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।


प्रतिक्रिया