मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार

मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार


ग्लोब नेपाल
0
Shares

कास्की । मोदीखोलाको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको बिहान ८ बजे उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट खटिएको रोप–रेस्क्यु तथा गोताखोरसहितको सुरक्षा टोलीले नेपाल प्रहरीसँगको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरेको हो।

उद्धार गरिएकामा कास्कीको पोखरा महानगरपालिका–१८, सराङकोट निवासी २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी निर्माण गिरी रहेका छन्।

प्रहरीका अनुसार पुजारी गिरी भारतीय नागरिक हुन् । उनी विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा काम गर्दै आइरहेका थिए ।