दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु

दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु


ग्लोब नेपाल
189
Shares

सल्यान। सवारी दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोटका सभापति बेदबहादुर वलीको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान बेदबहादुरको मृत्यु भएको रास्वपा कपुरकोटका सचिव चुडामणी पिएमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घाइते बेदबहादुरको बिहान ८ बजेतिर मृत्यु भएको जनाएको छ । उनको शवलाइ पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कपुरकोट गाउँपालिका–३ मूलपानीमा फोर्स गाडी र मोटरसाइकल ठोक्किँदा कपुरकोट, ६ निबासी सभापति वलीसहित सोही ठाउँ निवासी मोटरसाइकलमा सवार ५२ वर्षीय शुकलाल वली घाइते भएका थिए ।