युएईद्वारा नेपाललाई ६० टन उद्धार सामग्री र १ अर्ब रुपैयाँ नगद सहयोग

युएईद्वारा नेपाललाई ६० टन उद्धार सामग्री र १ अर्ब रुपैयाँ नगद सहयोग


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले बाढी तथा विपद् प्रभावित नेपालका लागि करिब ६० टन राहत र उद्धार सामग्रीका साथै १ अर्ब रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ।

युएईबाट सोमबार राति ल्याइएको उक्त उद्धार सामग्री नेपाल सरकारले औपचारिक रूपमा बुझिलिएको छ। विपद्को समयमा युएई सरकारले नेपाललाई गरेको यो दोस्रो चरणको सहयोग हो।

नेपाल सरकारलाई ठूलो मानवीय सहायता तथा नगद सहयोगप्रति मन्त्री महावीर पुनले युएई सरकारलाई सामाजिक सञ्जालमार्फत विशेष धन्यवाद व्यक्त गरेका छन्।