काठमाडौं । सडक भास्सिएको तीन दिन बितिसक्दा समेत पृथ्वी राजमार्गको कृष्णभिरमा सडक कसरी खुलाउने भन्नेबारे अझै अन्योलमा छ ।
आज (मंगलबार) सडक विभागले पत्रकार सम्मेलन गरी यस राजमार्गबारे अझै टुङ्गो नलागेको स्पष्ट पारेको हो । विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार, यो राजमार्ग कसरी खुलाउने भन्नेमा आज पनि गहन छलफल भयो । तर, अझै निष्कर्षमा पुगिएको छैन ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालतर्फको सडक सम्पर्क टुटेको छ । यसलाई अहिले हेटौंडा जोड्ने राजमार्गबाट वैकल्पिक व्यवस्था गरीएको छ ।
उनका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा जियो टेक्निकल टीमसँगको परामर्शपछि मात्र के गर्ने भन्ने निष्कर्षमा पुगिनेछ । त्यसपछि मात्र त्रिशूली पारी नयाँ ट्र्याक खोल्ने वा के गर्ने भन्ने निर्णय हुने उनले जानकारी दिएका छन ।


प्रतिक्रिया