उपत्यकामा २४ घण्टाभित्र ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना

उपत्यकामा २४ घण्टाभित्र ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना


ग्लोब नेपाल
135
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित विशेष जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार बिहानसम्म गरिएको चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६३ जना र सीसीटीभी निगरानीमार्फत ५४ जना रहेका छन्। त्यस्तै रातो बत्ती मिच्ने ३०, तीव्र गतिमा चलाउने ३९, लेन अनुशासन उल्लङ्घन गर्ने २५, एकतर्फी सडकमा चलाउने ६, निषेधित क्षेत्रमा हर्न बजाउने ६ र सवारीको अवस्था ठिक नभएका १ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २९९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।