एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी संघर्षमा

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी संघर्षमा



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आजदेखि संघर्षका कार्यक्रम गर्दैछन् ।

वाम पार्टीहरूले आज काठमाडौँमा प्रदर्शनसहित विरोधसभा गर्न लागेका हुन् । फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै उनीहरू चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको समेत समर्थन रहेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहनवैद्य किरण महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा (माओवादी समाजवादी) आन्दोलनमा छन्।

आन्दोलनका कार्यक्रम अन्तर्गत २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया, फागुन २४ गते देशव्यापी विरोध प्रदर्शन र सभालगायतका कार्यक्रम घोषणा गरेका छन् ।