उडेको ५० मिनेटपछि विमान अचानक २७ हजार फिट तल झरेपछि…

उडेको ५० मिनेटपछि विमान अचानक २७ हजार फिट तल झरेपछि…


ग्लोब नेपाल
459
Shares

दक्षिण कोरियाको सोलस्थित इनच्योन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको ५० मिनेटपछि कोरियन एयरको केई १८९ उडान अचानक हजारौँ फिट तल झरेको समाचार बाहिरीएको छ ।

यो घटनापछि विमानको आकस्मिक अवतरण गरिएको समाचारमा उल्लेख गरीएको छ । यस घटनामा धेरै यात्रुलाई सास फेर्न गाह्रो भएको बताइएको छ । विमान ताइवानको ताइचुङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमान उडेको ५० मिनेटपछि जेजु टापुमा उडिरहेको थियो ।

तर प्रेसराइजेसन सिष्टममा खराबीका कारण १५ मिनेटको अवधिमा विमान २६ हजार ९०० फिट तल झरेको उक्त समाचारमा उल्लेख गरीएको छ ।

उचाइमा रहेको विमान अचानक तल झर्न थालेपछि यात्रुहरूले धेरै समस्या भोग्नुपरेको थियो । कसैको कान दुख्न थाल्यो त कसैलाई सास फेर्न समस्या भएको बताइएको छ । यात्रुहरू सुरक्षाको लागि अक्सिजन मास्क लगाउन बाध्य भएका थिए । विमान ताइचुङ विमानस्थलमा आकस्मिक अवतरण गरियो ।

१७ जनालाई स्वास्थ्य उपचार दिइएको भएपनि पछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यस घटनाका लागि कोरियन एयरले यात्रीहरूसँग माफी मागेको छ । यस मामिलामा छानबिनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने बताइएको ।

पीडितका लागि खाना र यातायातको व्यवस्था गरिएको थियो । घटना भएको १९ घण्टापछि २३ जुनमा अर्को विमानबाट यात्रीहरूलाई पठाइयो । एयरलाइन्सले प्रेसराइजेशन सिस्टम फेल हुनुको कारणबारे अनुसन्धान गरिरहेको कोरियन एयरका प्रवक्ताले जानकारी दिएका छन ।