बोलिभियाको राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
बख्तरबंद गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ गर्नका लागि तयारीका साथ पोजिसनमा बसेको समाचार छ । तर अहिले भने पछि हट्न थालेको बताइएको छ ।
विद्रोही सैन्य अधिकारी जनरल जुआन जोसे जुनिगाले आफुले लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका छन् । तर उनी अहिले पक्राउ परेका छन् ।
राष्ट्रपति लुइस आर्सेले ‘कू’ प्रयासको निन्दा गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र परिचालन हुन आह्वान गर्नु भएको छ । साथै उहाँले नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने घोषणा गर्नु भएको छ ।


प्रतिक्रिया